Mechi English Boarding School

मेची इङलिस बोर्डिङ स्कुलमा साहित्य तथा कविता कार्यक्रम सम्पन्न

26 day(s) ago

झापा, १९ भदौ । शिवसताक्षी–१०, माइधारस्थित मेची इङलिस बोर्डिङ स्कुलमा ‘विद्यार्थीसँग साहित्य तथा कविता कार्यक्रम–२०८३’ सम्पन्न भएको छ।

‘विद्यार्थीसँग साहित्य, कवितासँग भावना र सिर्जनासँग भविष्य जोडौँ’ भन्ने उद्देश्यले आयोजित कार्यक्रम विद्यालयका प्रधानाध्यापक पदमजंग कुँवरको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवं समालोचक मुनाराज शेर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा शेर्माले साहित्यिक गतिविधिले विद्यार्थीको सिर्जनशीलता, आत्मविश्वास र अभिव्यक्ति क्षमता विकासमा सहयोग पुग्ने बताए। साहित्यकार तथा गजलकार विवश बलिभद्र कोइरालाले कविता लेखन तथा वाचन सीपसम्बन्धी सहजीकरण गरेका थिए।

कार्यक्रममा कवि विराट किराँती, साहित्यकार तथा सञ्चारकर्मी सेलिङ केसी, दिलिप घिमिरेलगायतले सिर्जना वाचन गरेका थिए भने पत्रकार रोम मगरले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न सञ्चारकर्मी तथा साहित्यप्रेमीहरूको समेत उपस्थिति रहेको थियो।